Breaking News Post

सभामुख देवराज घिमिरे जेनजी आन्दोलनमा जलेको संसद् भवनको अनुगमन



काठमाडौँ, सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।

जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा भने उनी अनुगमनमा निस्किएका हुन् ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार ००:००