आर्थिक

नेपाली बजारमा सुनको मुल्य बढयाे



काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार ००:००