ब्लग / विचार

पोख्रेली सेवा समाजद्वारा दोस्रो वार्षिकोत्सबको उपलक्ष्यमा लमजुङको राईनासकोट स्थित एक आश्रममा भब्य कार्यक्रम सम्पन्न ।।



लमजुङ । “आफू बाचाैं र अरुलाई पनि बचाअाैं” भन्ने मुल नाराका साथ गत बैशाख ०४ गते आइतबार पोख्रेली सेवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सबको अवसर पारेर लमजुङको राईनसकोट नगरपालिका ०८ नम्बर वडाको सर्वोदय सेवा आश्रममा एक भब्य कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा आश्रमका वृद्ध आमाबुबाहरुलाई पोख्रेली सेवा समाजले विभिन्न खाद्यान्न सामाग्री साथै जिन्सी सामाग्री लगायतका राहत वितरण गरेको थियो ।

लमजुङको राईनसकोट नगरपालिका -१० मा स्थायी घर भई, हाल अमेरिकामा रहनुहुने पोख्रेली सेवा समाजका संस्थापक अर्पण गुरुङको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि, कार्यक्रममा पोख्रेली सेवा समाजका अध्यक्ष शान्ति गुरुङ (सुष्मा), सल्लाहकार अर्चना गुरुङ, सल्लाहकार राज गुरुङ लगायतका सदस्यहरु सर्वोदय सेवा आश्रम पुगेका थिए ।
सर्वोदय सेवा आश्रम पुगेका पोख्रेली सेवा समाजका पदाधिकारी एवम् सदस्यहरूले सामाजिक सञ्जाल बिगो मार्फत लाईभ औपचारिक कार्यक्रम गरेका थिए । जुन कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अर्पण गुरुङ (अमिगो) ले गरेका थिए भने कार्यक्रमलाई संस्थाका सचीव सन्जिव गुरुङ (प्रिन्स) ले सञ्चालन गरेका थिए । आश्रम पुगेका संस्थाका सल्लाहकार अर्चना गुरुङले सम्पुर्ण कार्यक्रमको विषयमा बोल्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली वाचन गरि धन्यवाद दिइन् । साथमा, सर्वोदय सेवा आश्रमको बारेमा समेत देश-विदेशमा रहेका संस्थाका सम्पुर्ण पदाधिकारीहरुलाई जानकारी गराए । संस्थाका अध्यक्ष शान्ति गुरुङ (सुष्मा) ले कार्यक्रम लमजुङको राईनसकोटमै गर्नुको उदेश्यबारे थप स्पष्ट पार्दै आगामी संस्थाको योजनाबारे प्रष्ट पारिन् । राहत वितरणपछि सर्वोदय सेवा आश्रमका अध्यक्ष सुखदेव रिसालले पोख्रेली सेवा समाजको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।


रगतको नाता भन्दा भावनाको नाता ठूलो भने जस्तै सामाजिक सञ्जाल बिगो अर्थात् www.bigo org .com को माध्यमबाट देश-विदेशमा छरिएर रहेका नेपाली दाजुभाइहरु गोलबन्द भई विगत दुई वर्ष अगाडि पोख्रेली सेवा समाजको स्थापना गरि विविध सामाजिक कार्य गर्दै आईरहेको जानकारी गराउदै, यस दोस्रो वार्षिकोत्सब हुँदै गर्दा पोख्रेली सेवा समाजका सम्पुर्ण पदाधिकारी एवम् सदस्यहरुको नामावली समेत प्रकाशन गरिएको छ :
१) अर्पण गुरुङ (अमिगो) – संस्थापक एवम् संयुक्त ६ संस्थाको उपाध्यक्ष, लमजुङ राईनसकोट -१०, हाल यूएसए
२) राज गुरुङ – वरिष्ठ सल्लाहकार, पोखरा लेखनाथ
३) अर्चना गुरुङ – वरिष्ठ सल्लाहकार, पोखरा छिनडाँडा
४) शान्ति गुरुङ (सुष्मा) – अध्यक्ष एवम् ६ संस्थाको महिला लिडर, पोखरा बाजोपाटन
५) प्रेम कला राई (कला) – उपाध्यक्ष, मोरङ लक्ष्मीमार्ग हाल बेलायत
६) संजिव गुरुङ (प्रिन्स) – सचिव एवम् संयुक्त ६ संस्थाको महासचिव, धरान सुनसरी
७) प्रतिमा गुरुङ (सानी) – सह-सचिव, लमजुङ कर्पुटार हाल कुवेत
८) संन्जु गुरुङ (गुच्छी) – कोषाध्यक्ष, काठमाडौं नेपाल
९) संगिता गुरुङ (लक्ष्मी) – महिला एडमिन, पोखरा हेम्जा हाल हङकङ
१०) बिष्णु माया गुरुङ (पुनम) – सांस्कृतिक विभाग कलाकार लिडर, तनहुँ दमौली
११) तिर्थ राज गुरुङ (बितेको पल) – एडमिन, लमजुङ हाल कुवेत
१२) मोनिका मगर (मनु) – एडमिन, बुटवल
१३) कबिता मगर (मुस्कान) – एडमिन, पोखरा हेम्जा
१४) अरुण गुरुङ (कान्छा) – एडमिन, स्याङ्जा हाल साउदी
१५) इन्द्र बहादुर गुरुङ – एडमिन, लमजुङ कर्पुटार हाल कतार
१६) सन्तोष गुरुङ (कान्छाN) – एडमिन, लमजुङ हाल दुबई
१७) टुक माया गुरुङ – एडमिन, स्याङ्जा हाल दुबई ।


पोख्रेली सेवा समाजले गर्दै आएको कामलाई उच्च सम्मान गर्दै राहत वितरण कार्यक्रममा सहयोगी मनका धनी, केहि व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका थिए । सहयोगी व्यक्तिहरुको नामावली निम्न प्रकार रहेको छ :
१) नितु गुरुङ : हाल अष्ट्रेलिया स्थायी घर पोखरा
२) बुद्ध गुरुङ : हाल अष्ट्रेलिया स्थायी घर चितवन
३) नियो गुरुङ : हाल बेलायत स्थायी घर पोखरा
४) टासी तेन्जिङ इलावा शेर्पा : हाल जापन स्थायी घर ताप्लेजुङ ।


पोख्रेली सेवा समाजलाई यो उचाईमा पुर्याउनको लागि स्थापना कालदेखि नै आर्थिक रुपले सहयोग गर्दै आउनु भएका मनकारी सहयोगी व्यक्तिहरुको नामावली निम्न अनुसार प्रस्तुत गरिएको छ :
१) घोताने गुरुङ – हाल यूके स्थायी घर पोखरा
२) गोब्बर गुरुङ – हाल यूके स्थायी घर स्याङ्जा
३) अबिसा गुरुङ – हाल हङकङ स्थायी घर पोखरा
४) कान्छू गुरुङ – पोखरा
५) ईन्सान राई – हाल अमेरिका
६) साना राई – हाल दुबई स्थायी घर धरान
७) कृति घले – हाल अमेरिका स्थायी घर लमजुङ
८) भिमा देवान – हाल अमेरिका स्थायी घर मोरङ
९) बिपिन विष्ट – हाल अमेरिका स्थायी घर लमजुङ
१०) सुशील खड्का – हाल अमेरिका स्थायी घर बुटवल ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार ००:००