गृह पृष्ठ

कारागार पुगेर रविलाई भेटेपछि प्रचण्डले भने- ‘दुब्लाउनुभएछ, अनुहारमै कमजोर देखिन्छ’



काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् ।

बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए । रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ ।

यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको । प्रचण्डका अनुसार, रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए । रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन् ।

रविले भैरहवा कारागारको तुलनामा नख्खुमा अवस्था राम्रो भएको बताएको पनि प्रचण्डले उल्लेख गरे । भेटका क्रममा रविले आफूलाई अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको गुनासो सुनाएको प्रचण्डले जानकारी दिए । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार मात्रै रुपन्देही कारागारबाट नख्खु कारागार सारिएको हो ।

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार ००:००