मुख्य खवर

८ बुदेँ घोषणा पत्र सहित अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन सम्पन्न



 

असोज ६, काठमाडौँ

अन्तरधार्मिक सम्मेलनको आव्हान, धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको कार्यान्बयन भन्ने मुल नारा सहित सुरु भएको ३ दिने अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ आठ बुदेँ अन्तरधार्मिक काठमाडौ घोषणापत्र २०८२ जारी गर्दै समापन भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिईएको थियो ।

 

काठमाण्डौ घोषणापत्र २०८२ मा भनिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । नेपालको संविधानले सम्बोधन गरेको धर्मनिरपेक्ष, समावेशी,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पक्षमा हामी ढृढ छौ ।
जेन–जी आन्दोलनपछि सरकार गठन हुने क्रममा अन्तरधार्मिक समुदायका धर्मगुरु प्रतिनिधि र बिज्ञहरुको संयुक्त पहलमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षता कार्यान्वयनका लागि संविधानमा स्थापित मूल्य मान्यताको रक्षा तथा संविधान र ऐन कानुनका त्रुटीपूर्ण प्रावधानहरु संशोधनार्थ सम्पन्न अन्तरधार्मिक राष्ट्रिय गोलमेच शम्मेलन २०८२ बाट गहन विचार–विमर्श पछि र्यो अन्तर धार्मिक काठमाण्डौ घोषणापत्र २०८२ सर्वसम्मतिले सार्वजनिक गरेका छौ ।
१) नेपाल बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक , बहुसांस्कृतिक राष्ट्र भएकाले सबै धर्मलाई समान सम्मान र पूर्ण धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छ। त्यसका लागि संविधान, ऐन, नियम तथा नीतिहरुमा रहेका धर्मसम्बन्धी विभेदकारी प्रावधानहरु संशोधन गरी सबै प्रकारका विभेदको अन्त्य हुनुपर्छ।
२. संविधानको धारा ४ मा लेखिएको धर्मनिरपेक्षताको स्पष्टीकरण (यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ) वाक्य हटाउनुपर्छ।
३. अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको संविधानको धारा २६, को उपधारा ३ मा भएको “धर्म परिवर्तन गराउन नहुने वाक्यांशलगायत धर्मसँग सम्बन्धित सम्पूर्ण ऐन कानुनहरु संशोधन हुनुपर्छ।
४. राष्ट्रिय चिन्ह र प्रतीकहरुको प्रयोगमा सबै धार्मिक आस्थाको प्रतिनिधित्व गराउँदै राष्ट्रिय जनावरको रुपमा ‘गाई’ को सहा ‘एकसिङ्गे गैडा’ राख्नुपर्छ।
५ नीतिगत तथा संस्थागत तहमा सबै धार्मिक समुदायहरुको समान सहभागिता सुनिश्चित गरिनुपर्छ।
६. सबै धर्मको दर्शन र इतिहासलाई समेटेर प्रत्येक धर्मका आ–आफ्नै विश्वविद्यालयको स्थापना गरिनुपर्छ।
७ सकारात्मक विभेदको सिद्धान्तका आधारमा पछाडि पारिएका अल्पसंख्यक धार्मिक समुदायहरुलाई विकासको मूलधारमा समाहित गरिनुपर्छ।
८.केन्द्रीय तथ्यांक विभागले धर्म, भाषा, जातिसम्बन्धी तथ्यांक लिँदा स्थानीय सरकार (गाउँपालिका, नगरपालिका उप/महानगरपालिका) ले प्रमाणित गर्ने व्यवस्था मिलाउनुपर्छ।

 

प्रेस-बिज्ञप्ती 


यस अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ ले ठहर गरेका विषयहरू घोषणापत्र मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार समुदायसमेतलाई जानकारी गराउँदै नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्रात्मक नमूना राष्ट्र बनाउन राज्यका सबै अङ्ग, तह र निकाय, राजनीतिक दल र नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं। यसका निम्ति बधिको शासन, मानव अधिकार, मौलिक अधिकार र सुशासनको पक्षमा हामी कटिबद्ध रहेको जाहेर गर्दछौं।
यसरी घोषणापत्रमा हस्ताक्षर गर्नेहरुमा पं रामचन्द्र भण्डारी(हिन्दु), लोप्साङ तामाङ (बौद्ध),मौलाना नजरुल हुसैन ईस्लाम ,अधिबत्ता नबिन लिङ्देन किरात ,रेभेरेण्ड सूर्यबहादुर बल तामाङ ( खीष्टियन ), थर्कबहादुर बस्नेत (मष्टो ), गुरु बखस सिंह ( शिख ), दिनदया रिजाल (बहाई ), नेपोलियन राई ( कवीर ), फादर शिलास बोगटी (क्याथोलिक ) का साथै मूल आयोजक समितिका पदाधिकारीहरू डकेन्द्रसिंह थेगिम ( प्रमुख संयोजक), मोहम्मद युनुस अहमर हाश्मी (सदस्य–सचिव ) , पाष्टर तेजबहादुर रोक्का (कोषाध्यक्ष), दङ्गध्वोज खोयाहाङ ( व्यवस्थापन संयोजक ), बि .पी. खनाल ( विज्ञ समूह संयोजक ), माननीय विश्वेन्द्र पासवान (संरक्षक ) देवकुमार बुद्धिष्ट ( मुख्य सल्लाहकार ), पाष्टर भवबहादुर घले ( सल्लाहकार ) हुनुहुन्छ । पत्रकार सम्मेलनको अध्यक्षता मूल आयोजक समितिका संयोजक डकेन्द्रसिंह थेगिमले गर्नु भएको थियो भने डा केशबमान शाक्य , मौलाना नजरुल हुसैन , तेजबहादुर रोक्का , विश्वेन्द्र पासवान, थर्कबहादुर बस्नेत, दङ्गध्वोज खोयाहाङ लगायतले आफ्नो बिचार राख्नु भएको थियो ।

 

अन्तरधार्मिक सम्मेलनको आव्हान, धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको कार्यान्बयनका लागि
हिन्दु बौद्ध इश्लाम किरात ख्रीष्टियन बोन मष्टो शिख बहाई कबीर सहित १० वटा धर्महरु एकसाथ सम्मेलनमा जुटेका थिए।

मूल आयोजक समितिका पदाधिकारीहरूमा श्री डकेन्द्रसिंह थेगिम ( प्रमुख संयोजक),श्री मोहम्मद युनुस अहमर हाश्मी ( सदस्य – सचिव),पाष्टर तेजबहादुर रोक्का (कोषाध्यक्ष ), श्री दङ्गध्वोज खोयाहाङ ( व्यवस्थापन संयोजक),डा. बि. पी. खनाल ( विज्ञ समूह संयोजक),माननीय विश्वेन्द्र पासवान ( संरक्षक ),श्री देवकुमार बुद्धिष्ट (मुख्य सल्लाहकार ), पाष्टर भवबहादुर घले ( सल्लाहकार ) लगायत रहेका थिए। सम्मेलन सम्पन्न गर्नको निमित्त हरेक धर्मबाट विभिन्न उपसमिति हरु गठन गरिएको थियो।

 

 

गत भाद्र २३,२४,२५ मा पुर्वनिर्धारित कार्यक्रम अनुसार भाद्र २३ गते राष्ट्रिय सभागृहमा पहिलो उद्धाटन समारोह आयोजना हुँदै गर्दा जेन जी हरुको आन्दोलन सुरु भएको थियो।
त्यसपछि दोश्रो दिनको कार्यक्रम भाद्र ३१ गते नेपाल प्रज्ञा भवन कमलादीमा बिज्ञ समुह हरुको अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो। पुन: समापन असोज १ मा गर्ने भनिएको कार्यक्रम पनि राष्ट्रिय शोक बिदा परेकोले सामुहिक शोक मनाएर स्थगन गरिएको थियो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार ००:००