काठमाडौँ ,स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् ।
पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ । यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।
यो पनि पढ्नुहोस:
बुटवल ,कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।
बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको उनले बताए ।










प्रतिक्रिया