मनोरञ्जन

रबिन नाल्बोको सुगुप ले जित्यो उत्कृष्ट आदिवासी चलचित्र अवार्ड



श्रावण ८,काठमाडौँ

स्कटल्याण्डको राजधानी एडिन्बरामा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गरेको “नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५ मा आदिवासी तर्फ उत्कृष्ट चलचित्रको अवार्ड सुगुप ले प्राप्त गरेको छ।
लिम्बू समुदायमा महिला गर्भवती हुँदा पेटपुजा अर्थात साप्पोक चोमेन नगर्दा आउने खतरालाई मुख्य कथाबस्तु बनाईएको चलचित्रका मुख्य प्रस्तुतकर्ता रबिन कुमार नाल्बो हुन।सुगुपले यसअघि पनि थुप्रै अवार्ड हरु हात पारिसकेको छ।

फेस्टिभलमा आदिवासी जनजाती चलचित्र र आदिवासी कथावस्तु समेटिएका नेपाली भाषाका चलचित्रलाई पुरस्कृत गरिएको थियो । नेपाली भाषातर्फ नवीन सुब्बा निर्देशित “गाउँ आएको बाटो” र आदिवासी विधातर्फ चलचित्र “सुगुप” उत्कृष्ट चलचित्र अवार्ड बन्यो ।
त्यस्तै उत्कृष्ट सर्ट चलचित्र – खिल
उत्कृष्ट सर्ट चलचित्र जुरी अवार्ड– लैलासा पराहेके
उत्कृष्ट डकुमेन्ट्री– एभरेष्ट मम
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड– डिभाइन डिल्लेमा
आदिवासी–जनजाति चलचित्र अवार्ड
उत्कृष्ट पटकथा– हेमन्त कृष्ण पाङधक (हाङनन्द)
उत्कृष्ट अभिनेता– पूर्ण लिम्बु (नाम्लो)
उत्कृष्ट अभिनेत्री– अशिष्मा नकर्मी (लाखे आजु)
उत्कृष्ट निर्देशक जुरी अवार्ड– सागर केरुङ (छे)
उत्कृष्ट निर्देशक– प्रितम गुरुङ (मुखिया)
उत्कृष्ट चलचित्र – सुगुप
विशेष मेन्सन अवार्ड– नाचोङ
मूलधारको चलचित्र (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा – महेश राई (गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री – सिर्जना सुब्बा (अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता – माओत्से गुरुङ (अञ्जिला)
उत्कृष्ट नव अभिनेता – रितेश चाम्स (गुर्खा वारिअर)
उत्कृष्ट नव अभिनेत्री – सृजना निङलेखु (कार्साङ)
उत्कृष्ट अभिनेता – दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री – मिरुना मगर (घर ज्वाईँ)
उत्कृष्ट निर्देशक – मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट चलचित्र – गाउँ आएको बाटो
समारोहमा बेलायतमा बसेर चलचित्रसहितका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान प्रदान गरिएको नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए।

भेस्टिभलका निर्णायकहरुमा निर्देशक दीपेन्द्र लामा, संगीता श्रेष्ठ, बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे, निर्माता ज्योति राज राई, निर्देशक प्रितम गुरुङ तथा क्यानडाबाट अभिनेता राजकुमार राई रहेका थिए।
नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्य तथा एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा भएको महोत्सवमा बेलायतस्थित फिल्मकर्मी मनिष श्रेष्ठ, विनोद चिपालु, सनम कुमार वैराग, शशी थापा सुब्बा, सिर्जना सुब्बा, म्याराथुन धावक सन्तोष राई लगायत नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार ००:००