काठमाडौं, नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटी बैठकबाट फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
समयमै निर्वाचन गराउन पार्टीले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ। जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय भएको उनले बताएका छन्। बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गर्नेछ।
प्रतिक्रिया