मुख्य खवर

भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ पैसाले चुनाव जितेर आउँछन् : डा.बाबुराम



काठमाडौँ, नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।

‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो । यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्‍यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्‍यो । उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।

उनले भने– ‘भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ,अलिअलि त अस्ति जल्यो तर अरू पनि लुकाएर राखेका छन् । त्यसैको बलमा उनीहरू चुनाव जितेर आउँछन् । त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन । डा.भट्टराईले जेनजीले गरेको त्याग र बलिदानबाट प्राप्त उपलब्धि जोगाउन पनि सुझाव दिएका छन् ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार ००:००