काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदुतलाई जानकारी दिएका थिए। राजदुत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
प्रतिक्रिया