खेलकुद

साफ यु-२० च्याम्पियनसिपको फाइनलमा खेलाडी परिवर्तन



काठमाडौं, साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालले बुधबार बंगलादेशसग खेल्दैछ । उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन् ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन् । फाइनल खेल २ः४५ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

नेपालले पहिलो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गर्दै बंगलादेश माथि दबाब बनाएर जित निकालेको थियो । जसमा समीर तामाङले नेपालका लागि पहिलो गोल गरेका थिए भने अर्को गोल बंगलादेशले आत्मघाती उपहार दिएको थियो । पछि बंगलादेशले पेनाल्टीमा एक गोल फर्काएको थियो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार ००:००