Breaking News Post

शिक्षक महासङ्घले माओवादी केन्द्रको कार्यालयमा धर्ना



काठमाडौँ, शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।

आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। महासङ्घले आगामी दिनमा पनि विभिन्न राजनीतिक दलका कार्यालयहरूमा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार ००:००