Breaking News Post

राष्ट्रिय सभा गृहमा मनाइयो महानगर प्रहरी दिवस



काठमाडौँ, काठमाडौँ महानगर प्रहरी बलले शनिबार राष्ट्रिय सभा गृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ । कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बालेन साहसहित उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दिवसको उपलक्ष्यमा आर्थिक वर्ष ०८१/८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कार प्रदान गरिएको छ । काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।

प्रकाशित : १४ भाद्र २०८२, शनिबार ००:००