आर्थिक

डिभिजन वन कार्यालय सोलुखुम्बुले एक वर्षमा ३ करोड बढि राजश्व संकलन



डिभिजन वन कार्यालय सोलुखुम्बुले एक वर्षमा ३ करोड बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ९९ लाख ८० हजार ४ सय ८३ रुपैया राजश्व संकलन गरेको हो ।

जसमा गैरकाष्ठ वन पैदावर बापत रु ३० हजार,मुल्य अभिबृद्दि कर बापत ३ करोड ४४ लाख ४९ हजार १८०, बन क्षेत्र अन्य प्रयोजन बापत १ लाख ८२ हजार ६९२ र अन्य सेवा शुल्क र बिक्री बापत ५३ लाख १८ हजार ६११ रुपैया राजश्व संकलन गरेको हो ।

२०८१ को श्रावन महिना देखि असार मसान्त सम्ममा जिल्ला बन कार्यालय सोलुखुम्बुले १२ लाख ९५ हजार ६१८ क्युबिक फिट काठ उत्पादन गरेको जनाएको छ । त्यसैगरि गैर काष्ठ बन पैदावर ६ हजार ५५३ केजी,फलफुलका बिरुवा १२ हजार काठजन्य बिरुवा ३० हजार र जडिबुटि तथा डालेघाँसका २० हजार बिरुवा उत्पादन गरि बिक्री बितरण गरिरहेको जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार ००:००