खेलकुद

सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला



काठमाडौं, नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताए । कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए ।

‘अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन,’ उनले भने, ‘कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ।’

नेता कोइरालाले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गरे । ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ। उनले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको जिकिर गरे । ‘सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ।

नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन,’ उनले भने, ‘यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् । नेताले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने रु चाबी खोल्नुपर्‍यो नि त,’ उनले भने ।

एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ,’ उनले भने, ‘ गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन्।’

प्रकाशित : २५ जेष्ठ २०८२, शनिबार ००:००