असार ३०,काठमाडौ
ज्ञानेन्द्र कुरुम्बाङको अध्यक्षतामा किरात माङ्सेसे हाङ्साम माङहिमको १३ सदस्यीय समिती चयन भएको छ। शंखदेबी -८ लुभु ललितपुर मा अवस्थित किरात माङ्सेसे हाङ्साम माङहिमको मिति २०८२ असार २८ गते शनिबार सम्पन्न चौँथो महाधिवेशनबाट उक्त समिती चयन भएको हो।
नव निर्वाचित समितिमा अध्यक्ष ज्ञानेन्द्र कुरुम्बाङ ,उपाध्यक्ष शान्ती आङबुहाङ ,सचिव राजेन्द्र केरुङ,सह सचिव डम्बर पालुङ्वा, कोषाध्यक्ष पदम प्रसाद कुरुम्बाङ,सह- कोषाध्यक्ष मान ब. तबेबुङ,सदस्यहरुमा दुबेन्द्र सेर्मा , मदन खालिङ, कर्ण बहादुर लिम्बू, देउराली चेम्जोङ ,कमला खजुम , जुन माया बुढा मगर र पबित्रा लिम्बू निर्वाचित भएका छन।

अधिवेशनमा किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिङ थेगिम, उपाध्यक्ष दंगधोज खोयाहाङ, किरात चो:लुङ अङ्सीमाङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिङ योङ्हाङ, उपाध्यक्ष हर्कबिर योङ्हाङ,उपाध्यक्ष कमला तुम्बापो,सचिव शक्ति साम्बा,केन्द्रिय सदस्य पुर्ण कार्की डोली,सदस्य बिष्णुमाया फुरुम्बो, किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम लगायतको बिशेष आतिथ्यता रहेको थियो।

किरात चो:लुङ अङ्सी माङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङले नव निर्वाचित अध्यक्ष ज्ञानेन्द्र कुरुम्बाङ लाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो भने नव किरात साम्यो माङ्सेवासावा मुजोलुङ पान्जुम्भो अध्यक्ष बलराम खजुमले निर्वाचित समितिलाई शपथ ग्रहण गराउनुभएको थियो।

माङ्गेना सचिव शक्ति साँवाले किरात धर्मगुरु ज्युको शन्देश पत्र बाचन गर्नुभएको थियो। उपत्यकामा रहने सिङ्गो किरात भक्तजनहरुको किरात माङ्सेसे हाङ्साम माङहिम लाई आम उपत्यकाबासी र किरात भक्तजनहरुको आस्था ,गर्व गर्न मिल्ने गरि अपुरा अधुरा कामहरु सम्पन्न गर्ने प्रतिबद्वता ब्यक्त गर्दै नव निर्वाचित अध्यक्ष ज्ञानेन्द्र कुरुम्बाङ ले बताउनुभयो ।










प्रतिक्रिया