मृ’त अवस्थामा फेला परेकी सिंगापुर लाहुरेकि श्रीमतीको घ’टना र’हस्यमय बन्दै

धरान – धरानमा गत भाद्र २२ गते आ’त्म ह’त्या भएकी सोनी लिम्बू नाम परिवर्तन सोनियाङ टेकेला लिम्बुको घ’टना झन् पछि झन् रह’स्यमय बन्दै गएको छ । सोनु लिम्बुले ३ महिना अघिमात्र सिंगापुर सेनामा कार्यरत युबी माबो नाम परिवर्तन आइतराज माबोसँग प्रे’म स’म्बन्ध पछि विवाह भएको थियो ।

वि’वाहलगत्तै सिंगापुर गएका उनीले श्रीमतीको चरित्रमाथि संका गर्दै सामाजिक संजाल फेसबुकमार्फत गैह्रपुरुषसँग सम्’बन्ध राख्ने रहेछ भनी मृ’तकको नातामा सोल्टी सन्तोष थाक्लिन लिम्बुलाई गरेको म्यासेज सार्वजनिक भएको छ । माबोले म्यासेजमा लेखेका छन् ‘मलाई नचिनेको गाउँमा लगेर फसाइ मलाई गाउँका बोलाएर टिकोटालो गरिदिए’ भनी म्यासेज गरेका छन् उनले सोनुको बारेमा केही जानकारी दिएमा सन्तोषलाई आर्थिक सहयोग समेत गर्ने प्रलोभन देखाएका छन् ।

उक्त म्यासेज सोनुको मृ’त्यु हुन भन्दा अघिल्लो दिनको म्यासेज भनी मृतक सोनुको सोल्टी सन्तोष थाक्लिङ लिम्बुले सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस:

काठमाडौं ,बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन ।

उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

नयाँ बीमितलाई नयाँ मापदण्ड

सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको छ । बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ । तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

मानौं, कुनै बीमित कोरोना संक्रमित भएर घरमै आइसोलेसन बसे राहत खर्च बापत २५ प्रतिशत रकम अर्थात (एक लाखको बीमा गरेको भए २५ हजार रुपैयाँ) पाउनेछ । यदि बीमित संक्रमित अस्पताल भर्ना हुनु परेमा चिकित्सकले प्रमाणित गरेको बिल भपाई पेश गरेमा अस्पताल भर्ना खर्च बापत अधिकतम् ७५ प्रतिशतसम्म अर्थात बाँकी ७५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् ।