मुख्य खवर

बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस भएकाे छ : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका छन् । आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सालिक अनावरणका साथै पुस्तक विमोचन गर्दै प्रचण्डले बुटवल उपमहानगरपालिकाले धेरै सहयोग गरेको देखिएकाले अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका हुन् ।

उनले टंकमणिले सप्लाई विभागमा रहेर १० वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको स्मरण गरे । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे ।

त्यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको उल्लेख गरे । स्व.टंकमणिको २०७८ मङ्सिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार ००:००