काठमाडौं, जेनजी आन्दोलनले सत्तापलट भएको दुई साता पनि नबित्दै राजनीतिक दलहरू पुनः सक्रिय हुन थालेका छन्। गत २३ र २४ भदौको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै दलका नेता यतिबेला सक्रिय हुन थालेका छन
आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्रीबाछ राजनीनामा गरी सेनाको हेलिकोप्टरबाट उद्धार भई सेना ब्यारेकमा सुरक्षा पुगेका निर्वतमान प्रधानन्त्री केपी ओली सार्वजनिक भएर यतिबेला भक्तपुरको गुण्डुमा भाडाको घरमा बसिरहेका छन्। उनले त्यहीँबाट सक्रियता बढाइरहेका छन्।
पार्टीभित्र अध्यक्षबाट राजीनामा दिन दबाव बढिरहेका बेला ओली आफू निकटलाई नेतालाई सक्रिय बनाउँदै आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन्। ओलीलाई जेनजी आन्दोलनमा घुसपैठ भएको लागेको छ ।
उनलाई जेनजीको भावना आफूहरूले बुझ्नुपर्नेमा बुझ्न नसकेको स्वीकारभावसमेत देखाएका छैनन्। नेकपा एमालेका नेताहरू पार्टीको नेतृत्वको फेर्नुपर्ने बहस गरिरहेका छन्। तर, अध्यक्ष ओली भने पार्टी नेतृत्व छोड्ने मनसायमा देखिएका छैनन्।
ओलीलाई भेटेपछि नाम नबताउने सर्तमा एक नेताले भने, ‘जेन-जी आन्दोलनलाई सम्हाल्न नसकेको, सडक विद्रोहबाट सत्ता गुमेको, पार्टीलाई ठूलो धक्का लागेको प्रति कुनै नैतिक जिम्मेवारी देखिँदैन। विदेशी चलखेल भनेर जोगिने उपाय बनाएको देखिएको छ। जुन, ठूलो दुर्भाग्य हुनेछ।’
तर, हाल कायम १८ सदस्यीय सचिवालयमा आधाभन्दा धेरै सदस्य ओलीको विपक्षमा रहेका छन्। १९ सदस्यीय सचिवालयमा सचिव टोपबहादुर रायमाझी निलम्बित रहेको अवस्थामा हाल १८ जना छन्।
यतिबेला ओली सचिवालय सदस्यहरुसँग निरन्तर छलफलमा छन्। ओलीको विपक्षमा रहेका सदस्यहरुले थप संकटबाट जोगिन तत्काल पार्टी बैठक बोलाउन सुझाव दिएका छन्। तर ओली तत्काल बैठक बोलाउने पक्षमा छैनन्। उनले आफ्नो पक्षमा माहोल बनाउन महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली र रिमाललाई खटाएका छन्।
ओलीले सुरु गरेको पछिल्लो सक्रियताले तत्कालै एमालेको नेतृत्व नछाड्ने रणनीति रहेको एमालेका नेताहरूको तर्क छ। सचिवालयकै सदस्यहरू योगेशकुमार भट्टराई र गोकर्ण विष्टसहितले पार्टी पुनर्निर्माणका लागि अहिलेको नेतृत्वको विकल्प पनि खोज्नुपर्ने बताइसकेका छन्।
‘जेन-जी’को आन्दोलन अघि नै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलाइसकेका छन्। ओलीको विपक्षमा खडा भएका भनिएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य र गुरु बराल भने अझै मौन देखिएका छन्।
पार्टी सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल मौन देखिएका छन्। स्रोतका अनुसार सचिवहरू रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि ‘जेन-जी’ विद्रोहपछि आफ्नै विगतको निर्णय बदल्ने मुडमा छन्। यस्तो बेला उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले निर्णय बदले सचिवालयमै ओली अल्पमतमा पर्ने सम्भावना छ।










प्रतिक्रिया