नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा १३ दिनसम्मको उपचारपछि निधन भएको हो । उनको शरीरको ५० प्रतिशत…