आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन्…