काठमाडौं, रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार गौर बजार जान भनेर डेराबाट निस्किइन् । उनले साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोनमा सोधिन्– बजारबाट केही सामान ल्याउनुपर्ने छ ? ‘सामान सबै छ । केही ल्याउनु पर्दैन,’ आमाको जवाफ थियो । फोनमा त्यति कुरा गरेकी उनै रुबी भने त्यो रातभर…