सोलुखुम्बुमा अविरल वर्षाका कारण पहिरो जाँदा ६ घर जोखिममा परेको छन् । केहि दिन देखि परेको अविरल वर्षातको कारण सोलुदुधकुण्ड नगरपालिका ११ चियानेमा पहिरो जाँदा ६ घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घर अगाडीबाट अन्दाजी ३०/३५ मिटर पहिरो गई घर जोखिम रहेका भएपनि तत्काल मानिसहरु सोही घरमा बसि रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । वर्षातका कारण सोलुदुधकुण्ड नगरपालिका ११ चियानेका डम्बर बहादुर कार्की, तेज बहादुर कार्की, होम बहादुर कार्की, मनकुमारी कार्की, कमला कार्की र प्रकाश कार्कीको घर अगाडीबाट पहिरो गएको बताइएको छ ।










प्रतिक्रिया