सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु, सत गाउँकी ६५ वर्षीया तिरिमाया राईलाइ खोलाले बगाउँदा मृत्यु भएको छ । भाद्र २९ गते दिउँसो करिब १ देखि २ बजेतिर हेवा गाउँ गएर घर फर्कने क्रममा खुदुरुक खोलो तर्ने क्रममा राईलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक विकास राइले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण खोलाको बहाव बढ्दा उहाँ करिब ३०० मिटर तलसम्म बगिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीको टोलीर्ले शवलाई पोस्टमार्टमका लागि फाप्लु अस्पताल लगेको र अस्पतालमा पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया