मुख्य खवर

काठमाडौं आइपुग्यो चिनियाँ टोली, पहिले प्रचण्ड र माधव नेपाललाई भेट्ने



काठमाडौं । सत्तारुढ नेकपाभित्र देखिएको आन्तरिक संकटको अवस्था बुझ्न चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वको टोली केही समयअघि एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो ।

चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीले प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गर्नेछ । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न सिफारिस गरेपछि पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । त्यसलगत्तै सत्तारुढ नेकपा दुई चिरा बनेको थियो । नेपालमा चार दिनसम्म बस्ने टोलीले सबै राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००