बाबुराम भट्टराईले गरे पद त्याग

काठमाडौँ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् । साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले…