ताजा घटना

एकैदिन थपिए १३६९ कोरोना संक्रमित, १३५४ जना डिस्चार्ज



काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३६९जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४६४ जना महिला र जना ८९५ पुरुष गरी १ हजार ३६९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २४६ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४०४ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५६१ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ४६२ रहेका छन् । आज १३ हजार ६३८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस:

भरतपुर, चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ००:००